Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


प्रदेशसभामा एमालेका केशव स्थापित विजयी


0
Shares

सो क्षेत्रको प्रदेश ‘क’बाट क्रमशः केशव स्थापित र प्रदेश ‘ख’बाट योगेन्द्रराज संग्रौला विजयी भएका छन् । उनीहरु दुवै नेकपा एमालेका उम्मेदवार हुन् ।

स्थापितले ८ हजार २२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार न्हुच्छेबहादुर डंगोलले पाँच हजार १४९ मत प्राप्त गरेका छन् ।

संग्रौलाले १२ हजार ८१२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विष्णुभक्त तिमल्सिनाले सात हजार ९१४ मत प्राप्त गरेको निर्वाचन कार्यालयका सहायक अधिकृत मेघनाथ उप्रतीले जानकारी दिए ।

यसअघि, सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित भइसकेका छन् । रासस