Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


काभ्रे–१ ‘ख’ र २ ‘क’मा एमाले विजयी


0
Shares

एमालेका लामाले लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसका गणेश लामालाई ४ हजार १७७ मतान्तरले पराजित गरेका हुन् । उनले २४ हजार ४७७ मत प्राप्त गरे भने कांग्रेसका लामाले २० हजार २७० मत प्राप्त गरेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर–२ प्रदेश ‘क’मा वाम गठबन्धनका तर्फबाट एमालेका लक्ष्मण लम्साल विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका सुन्दरमणि आचार्यलाई ११ हजार ३२ मतान्तरले पराजित गरे । लम्सालले २७ हजार ६२१ मत प्राप्त गरे भने कांग्रेसका आचार्यले १६ हजार ५८९ मत प्राप्त गरे ।

यसअघि क्षेत्र नम्बर–१ प्रदेश ‘क’मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार १०६ मत प्राप्त गरी विजयी भएका थिए ।

काभ्रे– १ मा वाम गठबन्धन

काभ्रेपलान्चोकको क्षेत्र नम्बर–१ तथा प्रदेशसभामा वाम गठबन्धन विजयी भएको छ ।

क्षेत्र नम्बर–१ मा वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ (दोङ) विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका तीर्थ लामालाई ४ हजार २६ मतले पराजित गरे । तामाङले ४३ हजार ६३१ मत तथा कांग्रेसका लामाले ३९ हजार ६०५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर–१ प्रदेश ‘क’मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रत्नप्रसाद ढकालले २५ हजार १०६ मत ल्याएर विजयी भऐ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गंगाबहादुर तामाङले १७ हजार ८५५ मत प्राप्त गरे ।

क्षेत्र नम्बर–१ प्रदेश ‘ख’मा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका चन्द्र लामा विजयी भएका छन् । लामाले २४ हजार ४७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गरे । क्षेत्र नम्बर–१ मा कूल १ लाख ३३ हजार ५१४ मतदाता रहेका थिए । रासस