
अर्धकट्टीसहित भेटिएको ९ वटा मत बदर हुनुपर्ने नभए पुनः विवाद भएको स्थानमा मतदान हुनुपर्ने एमालेकी उम्मेदवार भगवती चौधरीको माग रहँदै आएको छ ।
यता कांग्रेसका उमेदवार बिजयकुमार गच्छदार आफु हार्ने डरले भगवतीले मतगणना रोकेर मतगणना प्रभावित पार्न खोजेको बताएका छन् । गच्छदारले चाँडै रोकिएको मतगणना सुरु गर्नुपर्ने माग राखेका छन् ।
रोकिएको मतगणना सुचारू गर्ने बिषयमा अहिले बिहान ८ बजे दुवै दलका प्रतिनिधि पुनः छलफलमा बस्ने बताइएको छ ।
यता मतगणना रोकिएपछि मतगणना स्थल सुनसरीको जिल्ला समन्वय समितिको भवन अगाडि ठुलो संख्यामा एमाले र कांग्रेसका कार्यकर्ता जम्मा भएका छन् ।
दुवैबीच झडप हुन नदिन उतिकै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्