
सात प्रदेश मध्ये पछिल्लो परिणामअनुसार एमाले पाँच वटा प्रदेशमा अघि छ भने कांग्रेस र राष्ट्रिय जनता पार्टी एक एक प्रदेशमा अघि छन् ।
एमाले १, ३, ४, ५ र ६ नम्बर प्रदेशमा अघि छ भने कांग्रेस प्रदेश नम्बर ७ मा मात्र अग्र स्थानमा छ ।
राष्ट्रिय जनता पार्टीले प्रदेश सभा समानुपातिकमा प्रदेश नम्बर २ मा अग्रता लिईरहेको छ ।
प्रदेश नम्बर २ मा प्रत्यक्षतर्फ पनि राजपा र संघीय समाजवादीको बहुमत छ । संघीय समाजवादी र राजपाबीच प्रदेश नम्बर २ मा चुनावी तालमेल भएको थियो ।
प्रत्यक्ष र समानुपातिक मत जोड्दा अन्य ६ वटै प्रदेशमा बाम गठबन्धन निकै अघि देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्