
प्रतिनिधिसभातर्फ नेकपा एमालेका डा. दीपक प्रकाश भट्ट २६,३६४ मत सहित निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका रमेश लेखकलाई २५८ मतको झिनो अन्तरले पराजित गरे । लेखकले २६,१०६ मत प्राप्त गरे ।
त्यस्तै प्रदेश सभा ३ (क) मा नेकपा एमालेका प्रकाश रावल १२,८१७ मतसहित निर्वाचित भए भने कांग्रेसका यज्ञराज जोशीले १२,७५४ मत प्राप्त गरे । प्रकाश रावलसँग जोशी ६३ मतान्तरले पराजित भएका हुन् ।
प्रदेश सभा ३ (ख) मा नेकपा माओवादी केन्द्रका मानबहादुर सुनार १३,७०० मतसहित निर्वाचित हुँदा कांग्रेसका बेलबहादुर राना मगरले १३,५३९ मत प्राप्त गरे । सुनारसँग राना मगर १६१ मतान्तरले पराजित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्