
संयुक्त वाम ठबन्धनबाट उम्मेदवारबाट बनेका रावलले प्रदेशसभाको चुनावमा कांग्रेसका नेता सुरत बहादुर विष्टलाई पराजित गरेका हुन् । रावलले बिष्टलाई १ हजार ९ सय ४१ मतान्तरले पराजित गरे ।
स्थानीय तहको चुनावमा २ हजार ३ सय ९१ मत ल्याएर तेस्रो भएका रावलले प्रदेशसभाको चुनावमा भने १० हजार ९ सय ८१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विष्टले ९ हजार ४० मत प्राप्त गरे ।
नेकपा माओवादीको सशस्त्र युद्धको समयमा १४ महिनासम्म जेल जीवन बिताएका रावल जेलबाट भागेका थिए । कलिलो उमेरमा माओवादीको सशस्त्र युद्धमा होमिएका उनी ३७ वर्षको उमेरमा प्रदेशको सांसद बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस्