
मतगणनाका क्रममा एमाले उमेद्वार भगवती चौधरीले मतणणनामा असन्तुष्टी जनाएपछी हिजो विहानदेखि यस क्षेत्रको मत गणना स्थगित भएको थियो ।
मतगणनाका क्रममा नौं वटा रुख चिन्हमा छाप लागेको अर्धकट्टी सहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषन घिमिरेले सदर गरेपछी एमाले उमेद्वार भगवती चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछी मत गणना अबरुद्ध भएको थियो ।
यस अगाडी एउटा सुर्य चिन्हमा २० रुपैयाँको नोट टासिएको मतपत्र भेटिएपछी उक्त मतपत्र बदर गरिएको थियो । यसलाई पनि चोधरीले आपत्ति जनाएकी थिईन् ।
पछिल्लो मत परिणम अनुसार गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी छिन् । चौधरीले २९हजार ३ सय २६ मत प्राप्त गरेकी छिन भने गच्छदारले २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।
अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ । अबको केहि बेरमा नै स्थगित मत गणना सुचारु हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्