२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


लमजुङमा प्रत्यक्षतर्फ झन्डै पाँच हजार मत बदर


0
Shares

एक लाख १५ हजार ४४९ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि ७७ हजार १६४ मत खसेको थियो । खसेकोमध्ये दुई हजार ५८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धेरै मात्रामा मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नभएको सरोकारवालाहरुले बताएका छन् ।

जिल्लामा निर्धारित् तालिकाअनुसार मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न नसकिएकाले पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

५४ हजार ८९७ मतदाता रहेको प्रदेशसभा ‘क’मा ३६ हजार ८७१ मत खसेकोमा एक हजार ४७४ मत बदर भएको छ ।

यसैगरी, ६० हजार ५५२ मत रहेको प्रदेशसभा ‘ख’मा ४१ हजार २७२ मत खसेकोमा ८७८ मत बदर भएको छ ।