
नेकपा एमाले जिल्ला अध्यक्ष गुरुङ निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् ।
गुरुङले २० हजार २४८ र उनका निकटतम् प्रतिद्वन्द्वी कांगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कुल खसेको मतमा ८०८ मत बदर भएको थियो ।
यसअघि स्याङ्जा–१ प्रदेशसभा ‘क’मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भइसकेका छन् ।
स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान र बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्