२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


कांग्रेसका अमरेशकुमारले चुनाव जिते


0
Shares

मंगलबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार राकेशकुमार मिश्रलाई १ हजार ५३९ मतान्तरले पराजित गरेका हुन् ।

सिंहले २९ हजार ६७५ मत ल्याएर विजयी हुँदा मिश्रले २८ हजार १३६ मत पाए ।

कांग्रेस नेता सिंहले वि.सं. २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन तमलोपाका अध्यक्ष (हाल राजपा नेपालका अध्यक्षमन्डलका संयोजक) महन्थ ठाकुरलाई हराउँदै सभासद/सांसद बनेका थिए ।

सर्लाहीको क्षेत्र नम्बर–४ को नतिजा सार्वजनिक भएसँगै सर्लाहीको प्रतिनिधिसभातर्फका ४ ओटै र प्रदेशसभातर्फका ८ ओटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसमा प्रतिनिधिसभातर्फ राजपाले दुई, वाम गठबन्धन र कांग्रेसले एक/एक स्थानमा जितेका छन् ।

प्रदेशसभातर्फ राजपाले ४, वाम गठबन्धन र कांग्रेसले समान दुई/दुई स्थानमा विजयी हासिल गरेका छन् ।