
समानुपातिक तर्फ ८२ हजार ६ सय ५८ मत ल्याएर एमाले पहिलो बनेको हो । उसले काँग्रेसको भन्दा २१ हजार ८ सय ६९ मत बढी ल्याएको हो । काँग्रेसको ६० हजार ७ सय ८९ मत छ ।
तेस्रो बनेको नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसको दुरी धेरै नै फरक छ । माओवादी केन्द्रले १३ हजार ८ सय ८१ मत ल्यायो ।
कास्कीबाट विवकेशील साझा पार्टी चौंथो भयो भने राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ति नेपाल क्रमशः पाचौं, छैठौं र सातौं भएका छन् ।
विवकेशीलले ७ हजार ३ सय २७, राप्रपाले ३ हजार ३ सय ३, संघीय फोरमले १ हजार ३ सय ८७ र नयाँ शक्तिले १ हजार १ सय ६३ मत प्राप्त गरेका छन् ।
समानुपातिकको प्रतिनिधीसभा तर्फ ७ हजार २ सय ६१ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए ।
प्रदेशसभा तर्फ पनि नेकपा एमाले नै पहिलो भयो । एमालेले ७७ हजार ४ सय ८७ मत पाउँदा काँग्रेसले ५८ हजार १ सय ७२ मत प्राप्त गरेका छन् ।
प्रतिनिधीसभामा भन्दा प्रदेशसभामा एमाले र काँग्रेसको मतान्तर कम छ । प्रदेशसभामा १९ हजार ३ सय १५ बढी मतले एमाले अगाडी छ ।
प्रदेशसभामा पनि प्रतिनिधीसभा जस्तै माओवादी केन्द्र तेश्रो भयो । माओवादीले १६ हजार ५ सय ४५ मत ल्याएको छ ।
यो मत प्रतिनिधीसभाको भन्दा २ हजार ६ सय ६४ मत बढी पाएको हो ।
विवेकशील साझा पार्टीले ५ हजार ६ सय २४, राप्रपाले ३ हजार ६ सय १०, संघीय समाजवादी फोरमले १ हजार ८ सय ५१ र नयाँ शक्ति नेपालले १ हजार ५ सय ३६ मत पाए ।
प्रदेशसभामा ७ हजार २ सय ७१ मत बदर भएको सुबेदीले जानकारी दिए । यो मत ठूला ३ दल बाहेक अरु दलले ल्याएका मत भन्दा बढी हो ।
प्रतिनिधीसभामा लिवरल डेमोक्रेटिक पार्टीले कास्कीबाट कुनै पनि मत पाएन । १७ वटा पार्टीले १० भोट पनि कटाएनन् ।
नेपाल सुकुम्वासी पार्टी, देशभक्त समाज र नेपाल संघीय समाजवादी पार्टीले १/१ भोट ल्याए । देशभक्त लोकतान्त्रिक पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल समाबेशी पार्टी र नेपाल दर्शनले २/२ भोट पाए ।
जनप्रजातान्त्रिक पार्टी ३, नेकपा माक्र्सवादी र संघीय खम्बुवान लोकतान्त्रिक पार्टी ४/४, नेपाः राष्ट्रिय पार्टी ५, नेपाल जनवादी पार्टी ६, राष्ट्रिय समाजवादी पार्टी ७, नेपाल युवा किसान पार्टी र युवा नेपाल पार्टी ८÷८, हाम्रो पार्टी ९ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १० मत ल्याएका छन् ।
अरु दलले १० भोट कटाएका छन् । जिल्लाभर समानुपातिकमा ४९ दल थिए भने प्रदेशमा २० दल सहभागी थिए ।
२ लाख ५५ हजार ४ सय ५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधिसभामा दुवैमा समान १ लाख ८० हजार ५ सय ७३ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्