२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


१ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक, कसको कति सिट ?


0
Shares

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबै १ सय ६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको हो ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा जित हासिल गरेको छ । त्यसैगरी वाम गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले २३ स्थानमा जित हात पार्दा राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरमले १० स्थानमा जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

घोषित अन्तिम परिणाममा सुनसरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन् ।

निर्वाचन आयोगले बुधबार अपरान्ह विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना कार्य समाप्त भइसकेको जनाएको छ  ।