
कुल १ लाख २३ हजार ७७६ खसेको मतमध्ये नेपाली कांग्रेसले ३५ हजार ४१९ मत प्राप्त गरेको छ ।
गोरखामा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक र प्रदेशसभातर्फ एक सिट जितेको भएपनि समानुपातिकमा माओवादी केन्द्रले ३४ हजार ७३३ मत प्राप्त गरेको छ ।
यस्तै, प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ एक सिट जितेको नयाँ शक्ति पार्टीले समानुपातिकमा १८ हजार ४१३ मत प्राप्त गरेको छ ।
यस्तै प्रदेशसभामा एक सिट जितेको नेकपा एमालेले १७ हजार ८१३ मत ल्याएको छ ।
कुल १ लाख २३ हजार ७७६ खसेको मतमध्ये समानुपातिक प्रतिनिधिसभातर्फ १२ हजार ६७० मत र प्रदेश समानुपातिकतर्फ १८ हजार २८५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्