 
	    पूर्व–पश्चिम राजमार्गअन्तर्गत् लहानको सहिद रमेश चोकनजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए ।
हात र पिठ्यूँमा गम्भीर चोट लागेका चौधरीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
घटनास्थलबाट जनतान्त्रिक तराईमुक्ति मोर्चा क्रान्तिकारीको पम्प्लेट फेलापरेको प्रहरी निरीक्षक राउतले बताए ।
बम विस्फोटका सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्