Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


राष्ट्रपति भण्डारीविरुद्ध सामाजिक सन्जालमा अमर्यादित शब्द लेख्ने पक्राउ


0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

पत्रकार डुम्रेको रिहाइ माग
नेपाल पत्रकार महासंघले रुपन्देही कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई विनाशर्त रिहा गर्न सरकारसंँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै डुम्रेमाथि लगाइएका ‘झुटा मुद्दा’ खारेज गरी अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका हुन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरे पनि ‘सरकारले अदालतको अवहेलना गर्दै पत्रकार डुम्रेलाई थप झुट्टा मुद्दा लगाउनुले प्रेस स्तन्त्रताको उल्लंघन भएको’ महासंघले ठहर गरेको छ ।

गत मंसिर ५ गते रुपन्देहीस्थित ‘गर्जन पोष्ट’ साप्ताहिकको कार्यालयबाट पक्राउ परेका डुम्रेलाई रिहा गर्न महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेको थियो । रासस

Skip This