
सो पार्टीले मोरङको ६ ओटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो ।
त्यसपछि नेकपा एमालेले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले ४४ हजार ९५१ मत प्राप्त गरी तेस्रो स्थान कायम गरेको छ ।
त्यस्तै, संघीय समाजवादी फोरम नेपालले २९ हजार ३१५ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ८ हजार ८९७ मत पाएको छ ।
मोरङमा समानुपातिकतर्फ चार लाख ५९ हजार १७२ मत खसेकामा ४१ हजार ५७१ मत बदर भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्