२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–१ को राजधानी माग गर्दै धनकुटेली सडकमा


0
Shares

२५० वर्षदेखि प्रशासनिक केन्द्र रहेको धनकुटा, ऐतिहासिक, भौगोलिक र सामरिकरुपलेसमेत प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको दाबी स्थानीय वासिन्दा र संघ–संस्थाले गरेका छन् ।

प्रदेश नम्बर–१ का पहाडी जिल्लाहरुलाई अन्याय हुने गरी निर्णय नगर्न पनि उनीहरुले अनुरोध गरेका छन् ।

तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ जिल्लाले पनि धनकुटा नै प्रादेशिक राजधानी हुनुपर्ने पक्षमा आवाज उठाएको प्रदर्शनकारीहरुको दाबी छ ।