११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


मुलुकमा वित्तीय अनुशासन कमजोर हुँदै गयो : राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं, असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा वित्तीय अनुशासन कमजोर हुँदै गएको बताएकी छन् ।

महालेखापरीक्षक कार्यालयको हीरकजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा राखेकी हुन् ।

वित्तीय अनुशासन कमजोर हुनु राष्ट्रका लागि गम्भीर चुनौतीको विषय रहेको भन्दै राष्ट्रपति भण्डारीले राज्यका हरेक निकाय यसप्रति सजग हुन आवश्यक रहेको बताइन् ।

वित्तीय सुव्यवस्था कायम राख्न महालेखापरीक्षकको कार्यालय थप प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले आर्थिक अनियमिता र भ्रष्टाचारको अन्त्य गर्दै समृद्ध नेपाल निर्माणमा बाधा पुर्‍याउने सबै गतिविधिको अन्त्य हुन जरुरी रहेको पनि बताइन् ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले लेखापरीक्षणको गुणस्तरमा वृद्धि गरी मुलुकमा वित्तीय अनुशासन कायम गर्न सुधार गर्दैै लैजाने बताए ।

कार्यक्रममा महालेखापरीक्षकको कार्यालयको भूमिका, कार्यप्रगति तथा भावी योजनाहरु सार्वजनिक गरिएको थियो ।