‘चुनावी परिणामलाई अवसरकोरुपमा लिनुपर्छ’ • Image Khabar Image Khabar


‘चुनावी परिणामलाई अवसरकोरुपमा लिनुपर्छ’


Imagekhabar
१ पुष २०७४, शनिबार १७:१०

‘चुनावी परिणामलाई अवसरकोरुपमा लिनुपर्छ’

शनिबार काठमाडौंको जैसीदेवलमा आयोजित कार्याक्रममा बोल्दै नेता रञ्जितले कांग्रेसको सिट कम आएको भन्दै यसलाई अवसरकोरुपमा लिएर सांगठनिकरुपमा कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।

उनले निर्वाचनमा कम सिट प्राप्त भएपनि कांग्रेसको पक्षमा जनमत नघटेको दाबी गरे । अबको पाँच वर्ष जनताको नजिक भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

अहिलेका कमी–कमजोरीलाई सुधारेर अघि बढ्न सबै कांग्रेसीजन एकजुट हुनुपर्ने उनको भनाइ थियो ।

यस्तै, काठमाडौं क्षेत्र नम्बर–९ प्रदेशसभा ‘क’मा पराजित सदस्य इन्द्रमान तुलाधरले अब पार्टीभित्र युवाहरुलाई नेतृत्व दिनुपर्नेमा जोड दिए ।

हार–जित चुनावमा सामान्य भएको भन्दै उनले यसबाट पाठ सिक्दै युवाहरुलाई अवसर दिनुपर्नेमा नेतृत्वको ध्यानाकार्षण गराए ।

‘चुनावी परिणामलाई अवसरकोरुपमा लिनुपर्छ’

प्रतिक्रिया दिनुहोस्