२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अब तत्काल पार्टी एकीकरण : दाहाल


0
Shares

शनिबार काठमाडौंमा गरिएको एक कार्यक्रममा उनले निर्वाचनमा वाम गठबन्धनले हासिल गरेको जित एमाले र माओवादी केन्द्रको मिलनबाट सम्भव भएको नबिर्सन सबैलाई आग्रह गरे ।

राजनीतिक स्थायित्व, विकास निर्माण र समृद्धिका लागि जनताले दिएको मतमा चूक हुन नदिने वचन पनि उनले दिए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र सरकार गठनलाई साथसाथै अघि बढाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेल, प्रदेशसभा सदस्यद्वय नारायण सिलवाल र दीपक निरौलालाई शुभकामना र बधाइ दिइएको थियो ।