Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अबको विकासको आधार पर्यटन : मुख्यमन्त्री पोखरेल


0
Shares

बुटवल, पुस ५ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शकर पोखरेलले प्रदेश–५ का जनतालाई पर्यटकका लागि चाहिने पूर्वाधार तयार गर्न आग्रह गरेका छन् ।

बिहीबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा उनले अबको विकासको आधार पर्यटन भएको भन्दै त्यसका लागि जनताले आधारभूत क्षमता विकास गर्नुपर्ने बताए ।

उनले समय–समय हुने महोत्सवले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने र देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने बताए ।