
काठमाडौं, पुस ५ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले कर्मचारी समायोजन पहिलेदेखि नै तहगतरुपमा भएकाले समायोजन पनि पहिलेकै तहमा भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कर्मचारी समायोजनलाई व्यवस्थित गर्न तहगत र श्रेणीगत व्यवस्थापन गरिएको बताए ।
कर्मचारी समायोजन कार्य भइसकेकाले अब आन्दोलन गरिनु न्यायोचित नभएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेलले कर्मचारी समायोजन प्रक्रियामा कर्मचारीको सेवा–सुविधा कटौतीका विषयमा आफूहरु सहमत हुन नसक्ने बताए ।
यस्तै, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले अध्यादेश जारी गर्न हतार गरेको, विभेदकारी नीति लागू गरेको र कर्मचारीको मनोबल गिराउने काम गरेको आरोप लगाए ।
केही दिनयता निजामती कर्मचारीहरुले कर्मचारी समायोजन अध्यादेश परिमार्जनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्