२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


धनकुटामा हालसम्मकै सबैभन्दा बढी मत बदर


0
Shares

अघिल्लो निर्वाचनमा भएको बदर मत प्रतिशत भन्दा कम गर्ने योजना अनुरुप कार्यक्रम सञ्चालन गरिए पनि त्यो सफल भने भएन ।

वि.स.२०७० सालको संबिधान सभा निर्बाचनमा धनकुटामा प्रत्यक्षतर्फ ४ दशमलव ६९ र समानुपातिक तर्फ ५ दशमलव ६५ प्रतिशत मत बदर भएको थियो ।

सोहि बदर मतलाई आधार मानेर जिल्ला निर्बाचन कार्यलय धनकुटाले बदर मत घटाउन बिभिन्न कार्यक्रम अघि सारेको थियो । तर यो निर्बाचनमा बदर मत घट्नुको साटो उल्टै बढेर गयो ।

यो निर्बाचनमा प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा ५ दशमलव ४८, प्रदेश (क) तर्फ ४ दशमलव ७४ र प्रदेश (ख)तर्फ ४ दशमलव ४१ प्रतिसत मत बदर हँुदा समानुपातिक तर्फ भने मत बदरको प्रतिसत उच्च रहन गयो ।

कुल खसेको मत मध्ये प्रतिनिधि सभा तर्फ ८ दशमलव २३ प्रतिसत, प्रदेश (क) तर्फ १३ दशमलव ३६ र प्रदेश (ख) तर्फ १४ दशमलव ६१ प्रतिसत मत बदर भयो ।

पाँच प्रतिसत भन्दा माथि मत बदर हुन नदिने लक्ष्य लिए पनि मतदानका बिभिन्न जटिलताको कारण सफल हुन नसकिएको जिल्ला निर्बाचन कार्यलय धनकुटाका सुचना अधिकारी केशव पौडेलले जानकारी दिए ।

यो निर्बाचनमा बदर मत घटाउन कार्यालयले मतदाताको घर घरमै पुगेर मतदाता शिक्षा, नमुना मतदान, मत खसाल्ने प्रक्रियालगायतको बारेमा जानकारी दिएको थियो ।

त्यस्तै जिल्ला स्थित मुख्य राजनीतिक दलले समेत आफ्ना कार्यकर्ता खटाएर भोट खसाल्ने प्रक्रियाको बारेमा जानकारी गराएका थिए ।

तर मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको, धेरै मत पत्र भएको, स्थानीय तहमा खसाएको मत अनुरुप नै एउटै मत पत्रमा दुइ वा सो भन्दा बढि मत संकेत गरेको तथा राजनीतिक दलले आ–आफ्नै तरिकाले मत संकेत गर्न सिकाउँदा बढी मत बदर भएको जिल्ला निर्बाचन कार्यलय धनकुटाका प्रमुख केबल प्रसाद रेग्मी बताउँछन् ।

मतदाता शिक्षाको लागि धनकुटामा जिल्ला निर्वाचन कार्यालय धनकुटा मार्फत मात्रै करीब ३० लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

यो बाहेक केन्द्रबाट शिक्षा सामाग्री, बिज्ञापन लगायतका शिर्षकमा थप रकम खर्च भएको थियो ।

त्यस्तै जिल्लाका कुल १ लाख ५ हजार १ सय ८८ मतदाताका लागि १ सय ५३ मतदाता शिक्षा स्बयमसेवक मतदाता शिक्षा कार्यक्रमको लागि खटाइएको थियो ।