
नवलपुर । नवलपुरको कावासोतीमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस झिनकी भणरिनिया खोलामा खसेको हो ।
बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको मृत्यु भएको छ ।
घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरुले जनाएको छ ।
घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्