
मुलुकमा तीनओटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाले अब जनचाहना बमोजिम स्थानीय एवं प्रादेशिक तहमा आर्थिक विकासका ढोका खुलेको उनीहरुको तर्क छ ।
मंगलबार आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा गरेको कार्यक्रममा सहभागी अर्थविद्हरुले स्थानीय स्रोत परिचालनबाट रोजगारी र आयस्तरमा वृद्धि हुनुका साथै सार्वजनिक सेवामा सुधार आउने अपेक्षा गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नयाँ जनमतसहितको सरकारले संविधानले मार्गनिर्देश गरेका सबै संरचना निर्माण गर्नुपर्ने भएकाले गुणस्तरीय मानवसंशाधन परिचालन गर्न मार्गप्रशस्त गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्