
यस रणनीतिमा आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिँदै कडा सीमा नियन्त्रण र बलियो सेनाको पक्ष लिइएको छ ।
ट्रम्पले चीन र रुसलाई अमेरिकालाई विश्व मञ्चमा चुनौती दिइरहेका प्रतिस्पर्धी शक्तिकारुपमा उल्लेख गरेका छन् ।
सहकार्यभन्दा प्रतिस्पर्धामा जोड दिँदै ट्रम्पले मस्को र पेइचिङलाई अमेरिकाको प्रतिस्पर्धी मानेका हुन् ।
प्रतिद्वन्द्वी रुस र चीनले अमेरिकी प्रभाव र सम्पत्तिलाई चुनौती दिने कोसिस गरिरहेको ट्रम्पको भनाइ छ ।
अमेरिकी राष्ट्रिय स्वार्थ संरक्षण गर्न ती दुई र अरु देशसँग बलियो साझेदारी निर्माणको प्रयास गरिने पनि उनको भनाइ छ ।
आतंकवादी संगठन, अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल र हिंसात्मक गतिविधि गरिरहेका अरु समूहबाट अमेरिकाले चुनौती खेपिरहेको उनले उल्लेख गरेका छन् ।
चिनियाँ आर्थिक अभ्यासहरुले अमेरिकीलाई आक्रोशित बनाउने पनि जनाइएको छ ।
रुसले अरु देशको आन्तरिक र राजनीतिक मामिलामा हस्तक्षेप गर्ने गरेको सन्दर्भ पनि उल्लेख गरिएको छ । यद्यपि, अघिल्लो वर्षको अमेरिकी राष्ट्रपति चुनावमा मस्कोको हस्तक्षेपबारे भने केही उल्लेख गरिएको छैन ।
सीमा नियन्त्रण र आप्रवासन नीतिबारे बोलेका ट्रम्पले जलवायु परिवर्तनका विषयमा भने केही उल्लेख गरेका छैनन् ।
विश्वव्यापी मानवअधिकारजस्ता शब्दावली नपरेकोप्रति सन्चारमाध्यमहरुले टिप्पणी गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्