२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


प्रदेशसभा समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने तयारी हुँदै


0
Shares

प्रदेशसभाको समानुपातिकतर्फको मत गणना पुस २ गते सकाएको आयोगले आज सिट बाँडफाँट गर्न लागेको हो ।

प्रदेशसभाको कूल ५५० सिटमध्ये २२० समानुपातिक प्रणालीमार्फत छनोट गर्ने व्यवस्थाअनुसार मतदान भएको थियो । प्रत्यक्षतर्फको ३३० स्थानको परिणाम भने आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिनिधिसभातर्फको सिट टुंगो लगाउन भने अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा रहेको समानुपातिक निर्वाचन एकाइको कार्यालयले मत परिणामको पुनः परीक्षण गरिरहेको र त्यसले प्रतिवेदन बुझाएलगत्तै घोषणा हुने बताए ।

समानुपातिक निर्वाचन प्रणालीको कूल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

कुल सदर मतको एक दशमलव पाँच प्रतिशतभन्दा कम मत ल्याएकाको गणना हुने छैन ।

प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणाको तयारी गरिए पनि प्रतिनिधिसभाको सिट बाँडफाँट टुंगो लगाउन भने अझै केही दिन लाग्ने आयोगले जनाएको छ ।