
अफगानिस्तानको स्थानीय समाचार संस्था पझवकले मारिनेमध्ये ३०० जना उनीहरूका कमान्डर भएको समाचार बिहीबार प्रेषित गरेको छ ।
रक्षा मन्त्रालयका प्रवक्ता डावलाट वाजिरीले यस अवधिमा ८ हजार ५०० जना घाइते भएको पनि जानकारी दिए ।
सरकारी अधिकारीहरूले आइएस लडाकूविरुद्धको सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ के कति क्षति भयो भन्ने बारेमा भने जानकारी दिन संभव नभएको बताएका छन् ।
अफगानिस्तानका विभिन्न ठाँउमा बिगत दुई वर्षदेखि आइएस लडाकूहरूले सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण गर्दै आइरहेका छन् । उनीहरूलाई निर्मुल पार्न भन्दै सरकारी सुरक्षा निकायहरूले पनि निरन्तर सुरक्षा कारबाही चलाइरहेका छन् ।
विषेश गरेर देशको पूर्वी नान्गाहार प्रान्त र उत्तरी क्षेत्रको पहाडी भागहरूमा सरकारी सुरक्षाकर्मी र आइएस लडाकूबीचको द्वन्द्व चलिरहेको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्