२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


इपीएल विजेताले २५ लाख पाउने


0
Shares

काठमाडौं, पुस ३ । राजधानीमा जारी तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल)को विजेता टोलीले रु २५ लाख पाउने भएको छ ।

आयोजक इपीएल प्रालिले आज विज्ञप्ति जारी गर्दै ‘द बिगेस्ट’ नारा दिइएको प्रतियोगिताको लिग चरणका खेल सकिएपछि आयोजकले सो पुरस्कार रकम सार्वजनिक गरेको हो ।

गत वर्ष इपीएलको विजेता बनेको विराटनगर वारियर्सले रु २१ लाख पुरस्कार प्राप्त गरेको थियो ।

गत वर्षको पुरस्कार रकमभन्दा यस वर्ष रु चार लाख वृद्धि गरिएको छ । प्रतियोगिताको उपविजेताले रु १० लाख पाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट एक खेलाडीले टीभीएस अपाचे मोटरसाइकल पाउनेछन् । रासस