
पर्सा जिल्लास्थित ठोरी नाकाको सोमबार अवलोकन–निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नम्बर प्रदेशमा राख्ने भनिएपनि मधेस आन्दोलनका कारण हुन नसकेको बताए ।
अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो प्राथमिकता नै ठोरीलाई ३ नम्बर प्रदेशमा गाभ्ने काम हुने बताउँदै यसअघि नै ठोरीलाई प्रदेश नम्बर–३ मा गाभिने सो गाउँपालिकाले सर्वसम्मत् निर्णय गरेकाले यसको कार्यान्वयनका लागि सहज भएको धारणा व्यक्त गरे ।
नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत सो नाकाबाट भित्रिएको स्मरण गर्दै उनले यो नाकालाई विकास गरी ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए ।
अध्यक्ष दाहालले भने–‘त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण छ, यो निकै छोटो र उत्कृष्ट मार्ग बन्नेछ ।’
चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उनले बताए ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवादज्ञापन गर्न जानेक्रममा अध्यक्ष दाहाल ठोरी पुगेका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्