४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


बझाङमा खोटो संकलन गरी राखेको ठाउँमा आगोलागी (९ तस्वीर)


0
Shares

डीबी विष्ट (इमेज)

अपडेटः

बझाङ, पुस ३ । बझाङको जयपृथ्वी नगरपालिकाको भोपुर बजारनजिकै खोटो संकलन गरी राखेको ठाउँमा आगोलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार दिउँसो दिव्या रोजिन कम्पनीले जम्मा गरेर राखेको ४६ हजार ७७४ किलो खोटोमा अचानक आगो लागेको हो ।

जसबाट झन्डै १३ लाख रुपैयाँ बराबरको नोक्सान पुगेको जनाइएको छ ।

यस्तै, सोही आगोलागीबाट जयपृथ्वी नगरपालिका–११ का लालबहादुर खातीले नजिकै सन्चालन गरेको कुखुरा फार्ममासमेत क्षति पुगेको छ ।

आगोको रापले ३०० कुखुरा मरेको खातीको भनाइ छ । जसबाट झन्डै दुई लाख ४० हजार बराबरको क्षति पुगेको खातीले बताए ।

दमकलको सहायतमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।

आगोलागीको कारण भने खुल्न सकेको छैन ।

अपडेटअघिको समाचार

बझाङ, पुस ३ । बझाङको जयपृथ्वी नगरपालिकाको भोपुर बजारनजिकै खोटो संकलन गरी राखेको ठाउँमा आगोलागी भएको छ ।

मंगलबार दिउँसो दिव्या रोजिन कम्पनीले जम्मा गरेर राखेको खोटोमा अचानक आगो लागेको हो ।

आगोलागीबाट भएको क्षति र आगोलागीको कारण खुल्न सकेको छैन ।

आगोलागी सुरु भएको ४० मिनेटपछिमात्रै घटनास्थलमा दमकल पुगेको स्थानीयको भनाइ छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

घटनास्थलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसमेत पुगेका छन् ।