२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


रुसको मस्कोमा सब-वेको प्रवेशद्वारामा बस ठोक्किँदा चार जनाको मृत्यु, ११ घाइते


0
Shares

स्लावियान्स्की बोलेवार्ड मेट्रो स्टेसन नजिकैको सब–वेको प्रवेशद्वारामा बस ठोक्किँदा अन्य ११ जना घाइते भएका छन् ।

बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो । बस सब–वेको प्रवेशद्वारमा टनेलको छानोमा ठोक्किएर अड्किएको छ ।

यो आतंककारी घटना नरहेको रुसी अधिकारीले बताएका छन् । बस एक्कासी चल्न थालेको र आफूले ब्रेक लगाउन खोजे पनि सफल नभएको बसका चालकले बताएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुको अवस्थासमेत गम्भीर रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।(एजेन्सी)