बाजागाजासहित भुवा नाच नाच्ने र हेर्नेहरुको घुईंचोले गाउँको रौनक नै बेग्लै भएको छ । पुरुषले मात्रै खेल्दै आएको यो नाचमा अहिले भने महिलाको समेत सहभागिता बढेको छ ।
कौरव र पाण्डवको युद्धको सम्झनामा नाचिने भुवा पर्व प्रत्येक वर्षको पौष औंसीका दिन राँको सल्काएर सुरु हुने गर्दछ ।
बझाङका १० गाउँपालिका र २ नगरपालिकाका ९० भन्दा बढी गाउँमा यो पर्व मनाउने गरिएको छ ।
ढाल तरवार सहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्व मनाउनका लागि जिल्ला बाहिर तथा विदेशमा गएकाहरु पनि घर फर्किने गर्दछन ।
ढाल तरवार सहित युद्धकला प्रर्दशन गर्दै नाचिने यो पर्वमा विगतका बर्षहरुमा पुरुषको मात्रै सहभागीता हुने गरेको भए पनि पछिल्लो समयमा महिलाहरुले समेत मनाउन थालेका छन् ।
पुरानो रुढीबादी परम्पराको अन्त्य गर्दै बझाङका पछिल्लो पुस्ताका महिलाले भुवा पर्व खेल्न थालेका हुन् ।
आफ्नो पालामा लुकी लुकी भुवा पर्व हरे पनि अहिले भने आम्ने साम्ने भएर भुवा पर्व हेर्न पाउँदा निक्कै खुसी लागेको उनिहरु बताउँछन् ।
महिलाले भुवा खेल्दा अनिष्ट हुने, समाजले नराम्रो मान्ने मान्यता सुदुरपश्चिमी जिल्लाहरुमा रहेको थियो । पछिल्लो समय यस पर्वको संरक्षण र जगेर्ना गर्नुपर्ने भन्दै सबै एकजुट भएका हुन् ।
युद्धको समयमा कौरव र पाण्डवबीच भएको भिडन्तको कथालाई एक समुहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काे समुहले हात र खुट्टाको चालमा नाच्ने गर्दछन । त्यसैलाई ‘भस्सोे’ भनिन्छ ।
कुरुक्षेत्रको युद्ध भन्दा पहिले पाण्डवहरु बनवास गएको बेला भेष वदलेर हिमालय पर्वत देखी भारत वर्षका विभिन्न ठाउँमा घुमेको र त्यहां विकास निर्माणका काम गर्नका लागी स्थानीयको सहभागीता जुटाएको किंवदन्ती छ ।
यो पर्वको अवसरमा घरमा परम्परागत परिकारहरु पकाउने र इष्टमित्र तथा आफन्तलाई टिकाटालो लगाई शुभकामना आदान प्रदान गर्ने गरिन्छ । गाउँका मुखिया जान्ने बुझ्नेको अगुवाईमा भुवा पर्व खेल्ने प्रचलन छ ।










प्रतिक्रिया दिनुहोस्