Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


स्थानीय तहका कर्मचारी आन्दोलित


0
Shares

काठमाडौं, पुस २ । सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् ।

गत मंसिर २३ गते जारी भएको अध्यादेशले कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

यसैक्रममा काठमाडौं, ललितपुर महानगरपालिकालगायतका स्थानीय तहमा कार्यरत् कर्मचारीहरुले सोमबार पाँचबुँदे माग राख्दै धर्ना दिएका छन् । उनीहरुले सोमबार दुई घन्टा काम नगरी धर्ना दिएका हुन् ।

यही पुस १० गतेसम्म पनि माग पूरा नभए त्यसपछि सशक्त आन्दोलन गर्ने धम्कीसमेत उनीहरुले दिएका छन् ।

स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति बनाएर आन्दोलन सुरु गरिएको हो । उक्त समितिमा स्थानीय तहमा कार्यरत् विभिन्न कर्मचारी संगठनहरु आवद्ध रहेका छन् ।