
चीन–नेपाल मिडिया सोसाइटीले बिहीबार आयोजना गरेको ‘स्वास्थ्य क्षेत्रमा नेपाल–चीन आदानप्रदान सहयोग’ विषयको छलफलमा उनले दुई देशले संयुक्त रुपमा प्रकोपका रुपमा देखिएको नसर्ने रोगको नियन्त्रण र उपचारका लागि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय, नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख प्रा.डा.श्रीकृष्ण गिरीले दुई देशबीचका चिकित्सकीय ज्ञानसीप आदानप्रदान भएमा उपचारलाई प्रभावकारी बनाउन सहयोग मिल्ने बताए । उनले दूर चिकित्सा सेवालाई स्वास्थ्य सेवा नपुगेका ठाउँमा पुर्याउन सकेमा उपचार नपाएर ज्यान गुमाउने स्थिति कम गर्न सकिने भएकाले त्यसतर्फ चीन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
सांघाई नम्बर–१० पिपुल्स हस्पिटलका मुटुरोग विभागका निर्देशक प्रा.डा.यावेइ शुले नेपालमा मुटुरोगको उपचारमा चिनियाँ चिकित्सक सहयोगका लागि तयार रहेको बताए । ‘हामी विश्वमा पछिल्ला उपचार प्रविधिका बारेमा छलफल गरौँ, नेपालमा टेलिमेडिसिन सेवा सुरु गर्न सकियो भने हामीले सांघाईबाट पनि यहाँका चिकित्सकलाई सहयोग गर्न सक्छौँ’, उनले भने । बदलिँदो जीवनशैलीका कारण विश्वमा मुटुरोगका बिरामी बढिरहेकाले मुटुरोग नियन्त्रण गर्न मिलेर काम गर्ने समय आइसकेको उनले बताए ।
सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चीन सरकारको ‘वान वेल्ट वान रोड वाक इन्टु नेपाल’ परियोजनाको शृंखलाबद्ध कार्यक्रमअन्तर्गत छलफल आयोजना गरिएको बताए । उनले चीन सरकारका तर्फबाट प्रा.डा.शुको नेतृत्वमा नेपाल आएको टोलीले स्वास्थ्य मन्त्रालय र शहीद गंगालाल हृदय केन्द्रका प्रमुखसँग सहयोगका विषयमा कुराकानी गरेको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्