४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


आप्रवासी कामदारको मानवअधिकार संरक्षणका लागि संवेदनशील भएर कार्य गर्न आग्रह


0
Shares

काठमाडौं, पुस २ । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारहरुको मानवअधिकार संरक्षणका लागि सरोकारवाला निकायहरुलाई संवेदनशील र सक्रिय भएर कार्य गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सोमबार आयोजित कार्यक्रममा आयोगले गन्तव्य मुलुकमा अलपत्र र उपचार गराइरहेका आप्रवासी नेपाली श्रमिकहरुको उद्धार तथा स्वदेश फिर्ती कार्यहरु पीडितका परिवारको अपेक्षा र चाहनाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गरेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा श्रम प्रयोजनका लागि गन्तव्य मुलुकहरुमा रहेका आप्रवासीको सुरक्षा र अधिकार संरक्षणका लागि गरेका सिफारिस, विश्लेषण र तथ्यहरु छन् ।

रोजगारीका लागि विदेश जान इच्छुकहरुलाई सीप विकास, व्यक्तिगत सुरक्षा, भाषा, संस्कृति, स्थानीय कानुनी व्यवस्था, उपचार प्राप्त गर्ने निकायको जानकारीलगायतका आवश्यक विषयहरुमा दक्ष बनाउनुपर्ने आयोगको ठहर छ ।