४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


कला र संस्कृति नेपालको पहिचान : प्रधानमन्त्री


0
Shares

काठमाडौं, पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले कला र संस्कृति नेपालको पहिचान भएको बताएका छन् ।

सोमबार आफ्नै सरकारी निवास बालुवाटारमा १५औं राष्ट्रिय ज्यापू दिवसको निम्तो बुझ्दै उनले कला र संस्कृतिको संरक्षणका लागि सरकारले सहयोग गर्ने बताए ।

संस्कृतिको क्षेत्रमा नेपाल अगाडि छ भन्दै प्रधानमन्त्री ओलीले संस्कृतिको संरक्षणमा जुट्न पनि सबैसँग आग्रह गरे ।

यही पुस ७ गते राष्ट्रिय ज्यापू दिवस मनाइँदैछ ।

निम्तो दिन बाजागाजासहित बालुवाटार पुगेका ज्यापू समुदायले आफ्नो कला र संस्कृति प्रदर्शन गरेका थिए ।