४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


सप्तरीको तिलाठीमा आगलागी, ६ घर जल्यो, २६ चौपाया मरे


0
Shares

शिवहरि प्रसाद भट्टराई

राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ । 

विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको गोठ घर नष्ट हुनका साथै ४ वटा पशुचौपाया जलेर मरेको छ । 

आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशुचौपाया, नगद, अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचर लगायतका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।