जातीय विभेदविरुद्ध मैथिली भाषामा बन्यो चलचित्र ‘औकात ताकत प्रेमके’ • Image Khabar Image Khabar


जातीय विभेदविरुद्ध मैथिली भाषामा बन्यो चलचित्र ‘औकात ताकत प्रेमके’


Imagekhabar
१५ पुष २०७४, शनिबार १२:५०

जातीय विभेदविरुद्ध मैथिली भाषामा बन्यो चलचित्र ‘औकात ताकत प्रेमके’

शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक उक्त चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिए ।

चलचित्रको छायाँकन, रेकर्डिङ र इडिटिङको काम सकिरहेको छ, निर्माता सरदारले भने– “अबको एक साताभित्र चलचित्र प्रदर्शनीमा आउनेछ ।”

मैथिली एक्सन फिल्म ‘औकात ताकत प्रेमके’ सो चलचित्रमा सामाजमा ब्याप्त रहेको जातीय भेदभाव, छुवाछूत र जमिन्दारी प्रथा तथा शोषक वर्ग र शोषित वर्गबीचको विभेदमा चलचित्र केन्द्रित रहेको निर्माता सरदारको भनाइ छ ।

राजु राजदेव चौधरी निर्देशक रहेको सो चलचित्रमा नायकमा धनराज चौधरी र नायिकामा मोनिका दाहाल रहेका छन् ।

यस्तै सबुरलाल सरदार, कौशल चौधरी, विवेक विश्वकर्मा, मालिक पण्डित, डिपी शास्त्री र साबिर आलमलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

छ वटा गीत समावेश गरिएको चलचित्रमा मिथिला क्षेत्रका गायक सन्नु मण्डल, भागवत मण्डल, गायिका अन्जु यादव, सोनी र मुनचुनले सुमधुर स्वर दिएका छन् ।

यज्ञ पराजुलीको छायाँकनमा निर्माण भएको सो चलचित्रमा दर्पी सरदार (मुस्कान) ले नृत्य निर्देशन गरेका छन् ।

यस्तै ‘औकात ताकत प्रेमके’ प्रदर्शनीलगत्तै बढ्दो बेरोजारी र त्यसबाट सिर्जना भएको सामाजिक विकृतिमा केन्द्रित भएर दोस्रो प्रस्तुतिका रुपमा ‘सैया साँदी कतारमे मौगि मस्त भतारमे’ नामक चलचित्रको समेत छायाँकन गरिने निर्मता सरदारको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्