४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


पूर्वी तथा मध्य क्षेत्रका उच्च पहाडी भेगमा हिमपात हुन सक्ने


0
Shares

काठमाडौं, पुस २ । देशको पूर्वी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा तथा पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा सोमबार हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रहने तथा  देशको पूर्वी एवं मध्य क्षेत्रका केही स्थान, पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै, मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा मंगलबार हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ । मंगलबार देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको जनाइएको छ ।