निर्वाचन खर्चको विवरण पेश गर्न उम्मेदवार तथा दलहरुलाई निर्देशन

निर्बाचन आयोगले आज एक विज्ञप्ती जारी गर्दै निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी व्यवस्थालाई मध्यनजर राख्दै उक्त निर्देशन दिएको हो ।
खर्चको विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानुन अनुसार कारबाही हुने पनि ििवज्ञप्तीमा उल्लेख छ ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारहरुले सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय÷क्षेत्रीय निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने छ ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको निर्वाचन खर्चको विवरण समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने छ ।
निर्वाचन कसूर तथा सजायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ को दफा ३१ मा निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
दफा ३१ को उपदफा (४) मा त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले १५ हजार रुपियाँ जरिवाना गरी मनासिव समय तोकी त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्ने छ ।
सो आदेश अनुसार तोकिएको समयभित्र त्यस्तो विवरण सार्वजनिक नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले पटकै पिच्छे १५ हजार रुपियाँ जरिवाना गर्न सक्ने उल्लेख छ ।