Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कपिलवस्तुमा तोरी उत्पादन बढ्ने अनुमान


0
Shares

तोरीको फूल फुलेर फल लाग्ने मूख्य समयमा मौसम अनुकूल भएकाले यस बर्ष तोरीको उत्पादनमा दश प्रतिशतसम्मले बढ्न सक्ने जिल्ला कृषि कार्यालयको अनुमान छ ।

विगतका बर्षमा तोरीखेतीको सिजनमा बीउ, मलको अभाव हुने गरे पनि यसबर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएकाले उत्पादन बढ्ने सम्भावना देखिएको हो । २ हजार आठ सय ४५ हेक्टर जमिनमा गरिएको तोरी खेतीबाट वार्षिक दुई हजार पाँच सय ६५ मेट्रिक टन तोरी उत्पादन हुने गरेको कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत खुर्सेद अहमद खाँँले जानकारी दिए ।

जिल्लाको पूर्वोत्तर भाग मोतीपुर, कोपवा, बाणगंगा, पटना, निग्लिहवा, पश्चिमको शिवपुर, खरेन्द्रपुर, इमिलिया, बुड्डी, महाराजगंजलगायत दक्षिणी क्षेत्र बसन्तपुर, सौराहा, मर्जादपुर, बैदौलीको स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।