Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


साँढेको आक्रमणबाट १३ वर्षीया बालिकाकोे मृत्यु, १० भन्दा बढी घाइते


13
Shares

साँढेको आक्रमणबाट महाराजगन्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताए ।

आक्रमणबाट गौडहवामा पनि चारजना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगन्जले जनाएको छ । स्थानीयवासी बृजेश यादवले एकहप्तादेखि साँढेले महाराजगनज आसपासमा आतंक मच्चाएको जानकारी दिए ।

साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १०भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ । रासस