१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


धादिङ बन्यो पूर्ण खोपयुक्त जिल्ला


0
Shares

जिल्लाको १३ वटै स्थानीय तहका बालबालिकाले १ वर्षकै उमेरभित्र नेपाल सरकारले सञ्चालन गरेका सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

जिल्लामा १२ महिनादेखि २३ महिना उमेर समूहका ३ हजार ७२८ बालबालिकामा सर्वेक्षण गर्दा सबै बालबालिकाले बिसिजी, डिपीटी, पोलियो, दादुरा–रुबेला रोगविरुद्ध दिइने सबै खोप पाइसकेको आधारमा पूर्णखोप युक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा जिल्लालाई पूर्णखोपयुक्त बनाउने अभियानमा सहयोग गरेको भन्दै ईमेज संवाददाता नवराज छतकुलीलगायतलाई सम्मान गरिएको थियो ।