निक्षेपको ब्याज नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’ « Image Khabar


निक्षेपको ब्याज नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’


Imagekhabar
१७ पुष २०७४, सोमबार ०६:४२

मंगलबार बसेको बैंकर्स संघको बैठकमा यस्तो सहभागी भएको एक बैंकरले बताए । बैंकहरुबीचको उक्त सहमति नयाँ भने होइन ।

बैंकहरुले विगतमा पनि पटक पटक यस्ता सहमति गर्दै/तोड्दै आएका छन् ।

केही दिनयता बैंकहरुले अस्वस्थ रुपमा ब्याजदर बढाउन थालेकाले त्यसो नगर्ने विषयमा आइतबार छलफल भएको संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

करिब २ साताअघि साढे ९ प्रतिशतसम्म रहेको मुद्दती निक्षेप आइतबारसम्म १३ प्रतिशत माथि पुगिसकेको छ । यही प्रबृत्तिमा ब्याजदर बढ्दै गएमा ऋणको ब्याजदर झनै महँगो हुने भएकाले लगानी निरुत्साहित हुने विज्ञहरु बताउँछन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्