४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी आन्दोलित


0
Shares

कञ्चनपुर, पुस १ । सुदूरपश्चिम विश्वविद्यालयका कर्मचारीले मनोमानी तरिकाले कर्मचारी भर्ना गरेको भन्दै विभिन्न विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् ।

भागबण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै चार विद्यार्थी संगठनका नेता कार्यकर्ताले विश्वविद्यालयको भौतिक संरचना तोडफोड गर्नुका साथै केन्द्रीय क्याम्पस प्रमुख डा.भुपेन्द्र विष्टसहित तीनजना प्राध्यापकको पुत्ला जलाएका छन् ।

यस्तै, इन्टरगेटिभ फोरमले आजबाट विश्वविद्यालय हाताभित्र धर्ना समेत शुरु गरेको छ । विद्यार्थी संगठनहरुले करारमा भर्ना गरिएका कर्मचारीको नियुक्ति खारेज हुनुपर्ने माग राखेका छन् ।