राष्ट्रियसभाको निर्वाचन ‘माघ २५ गते’ • Image Khabar Image Khabar


राष्ट्रियसभाको निर्वाचन ‘माघ २५ गते’


Imagekhabar
१८ पुष २०७४, मंगलवार २०:३४

राष्ट्रियसभाको निर्वाचन ‘माघ २५ गते’

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेबारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

सो भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्नेगरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले राससलाई जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुनेगरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्