
आगामी एक महिनाभित्र शिशु सघन कक्ष सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
फेयरमेड संस्थाको सहयोगमा नवजात शिशुका लागि सघन कक्ष सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष बिजय जैसवालले जानकारी दिए ।
कपिलवस्तुमा सघन कक्ष नहुँदा उपचार गराउन आउने बिरामीलाई अस्पतालले भैरहवालगायतका स्थानमा रिफर गर्दै आएको छ ।
तौलिहवा अस्पतालले पछिल्ला दिनमा सेवा सुविधा बढाउँदै लगेको छ ।
२०२८ सालमा स्थापना भएको यो अस्पतालले पछिल्ला दिनमा पाठेघरको शल्यक्रिया, हाईड्रोसिल, हर्निया, ऐपेन्डिसाइटिसलगायतका रोगको उपचार गर्न थालेको थियो ।
यसैबीच अस्पतालले १२ करोड रुपैयाँको लागतमा निर्माणधीन ५० बेडको सुबिधा सपन्न भवन आगामी असारभित्रै निर्माण सपन्न हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्