
संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका हुन् ।
अफगानिस्तानमा सन् २०१७ को जनवरी १ देखि डिसेम्बर ३१ सम्ममा ४ लाख ४५ हजार ३३५ नागरिक विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको छ ।
पूर्वी अफगानिस्तानबाट आन्तरिक रुपमा विस्थापित हुने व्यक्तिहरुमा करिब १ लाख ४० हजार २०५ छन् भने त्यसमा १ लाख २३ हजार ५३८ जना नान्गाहार प्रान्तकामात्र रहेका जनाइएको छ ।
नान्गाहार प्रान्तको पनि खोग्यानी जिल्लाबाट ६४ हजार ५१३ सर्वसाधारण विस्थापित भएका जनाइएको छ ।
अफगानिस्तानमा सन् २००१ बाट जारी द्वन्द्वको क्रममा भएको कमजोर सुरक्षा अवस्थाको कारण १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भईसकेका राष्ट्रसंघले जानकारी दिएको छ ।
यी विस्थापितमध्ये के कति आन्तरिक रुपमा र कति बाह्य रुपमा विस्थापित भएका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।
यीमध्ये केही व्यक्ति विस्थापित भएर शरणार्थीका रुपमा विदेशिएको पनि तथ्यांक रहेको बताइएको छ । तर सो सङ्ख्या के कति हो भन्ने बारेमा यकिन भने भएको छैन ।
जारी द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा गत बर्षको सुुरुबाट नौ महिनाभित्र २ हजार ६४० व्यक्तिको मृत्यु हुनुको साथै ५ हजार ३७० व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्