२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


घनले हानेर सँगै सुतेका दुई साथीको हत्या गरेको खुलासा


0
Shares

मोबाइल चोरको दोष लगाएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले हान्दा दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चारजना खाना खाएर संगै सुतेकोमा चोरको आरोप लगाएको रिसको झोँकमा घनले हान्दा भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको र अर्का साथी २७ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

साथीको हत्या गरेपछि अभियुक्त रातिनै बस चढेर घर पुगेको र उनलाई पक्राउ गर्न पोखराबाट प्रहरी टोली त्यसतर्पm गएको थियो ।

टोलीले प्रदेश नम्बर–१ को प्रहरी र जिल्ला प्रहरी कार्यालय, धनकुटासँगको समन्वयमा अभियुक्तलाई पक्राउ गरी बिहीबार नै पोखरा ल्याएर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । रासस